काठमाडौं । गत ३० अगष्टबाट दर्शकमाझ रिलिज भएको बाहुबलीफेम अभिनेता प्रभाषको फिल्म ‘साहो’ले आशा अनुरुप बक्स अफिसमा कलेक्शन गर्न सकेन । प्रभाषको ‘साहो’ले बाहुबलीको पूरानो रेकर्डलाई तोड्छ भन्ने सबैले आशा गरेका थिए, तर त्यो आशा निराशामा परिणत हुनपुग्यो । ‘साहो’बाट खासै राम्रो चर्चा नपाएका प्रभाष नयाँ फिल्म ‘जान’को तयारीमा जुटेका छन् ।

प्रभाषको ‘जान’लाई राधा कृष्णाले एक्शन–कट गरिरहेका छन् । रिपोर्टका अनुसार ‘साहो’को असफलतापछि प्रभाषले निर्देशक राधा कृष्णालाई यस रोमान्टिक फिल्मको स्किृप्टमा परिवर्तन गर्न भनेका छन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार तेलेगु अडियन्सलाई ‘साहो’ खासै मन परेन । तर यो फिल्मको हिन्दी भर्सनले भने बक्स अफिसमा शान्दार ब्यापार गरेको छ । हिन्दी भसर्नको ‘साहो’ले बक्स अफिसमा १४७ करोड भन्दा बढीको ब्यापार गरेको छ ।

अहिले तत्कालै कुनै हिन्दी फिल्ममा काम गर्ने सोच नभएको प्रभाषको भनाइ छ । तर, उनको अपकमिङ फिल्म ‘जान’को स्क्रिप्टमा केही परिवर्तन गर्नका लागि अनुरोध गरेका छन्, जसको कारण उनले हिन्दी अडियन्सलाई पनि प्रभावित गर्न सक्नेछन् ।

यस रोमान्टिक फिल्ममा प्रभाषले अभिनेत्री पूजा हेग्डेसँग अस्क्रिन रोमान्स गर्नेछन् । जानकारी अनुसार यो फिल्मको बीस दिनको सुटिङ पूरा भइसकेको छ । अब फिल्मको बाँकी स्क्रिप्टमा केही परिवर्तन गरिएसँगै सुटिङ सुरु हुने बताइएको छ । यसै फिल्मको लागि प्रभाषले बढेको आफ्नो वजनलाई पनि कम गर्दैछन् । चर्चा अनुसार फिल्ममा प्रभाष शर्टलेस हुनेछन् । ‘जना’ फिल्मको कहानी १९७० को ऐराको सेटको हुनेछ ।

suvakamana