प्रिंस मिश्रा
कपिलवस्तु, २८ भदौ , कपिलबस्तुको कृष्णनगर नगरपालिका–६ भिल्मीमा आर्य समाज कपिलबस्तुले भजन–प्रवचन कार्यक्रम हिजो ९शुत्रबार बाट सुरु गरेको छ । भारतको उत्तर प्रदेश, हरदोईबाट आएका बौद्धिक विद्वान पण्डित युगल किशोर त्रिपाठीले भजन–प्रवचन दिइरहेका छन् ।

उक्त कर्यक्रम बिहान ७ बजे देखि ८ बजेसम्म भजन–कीर्तन र साँझ ७ बजेदेखि १० बजेसम्म भजन–प्रवचन गरी विशेष आकर्षणकासाथ जादू कलाको विशेष प्रदर्शन भइरहेको भिल्मी आयोजक समितिले जनाएको छ ।

नेपाल आर्य समाजका संस्थापक माधवराज जोशी, सक्रिय सदस्य अमर शहीद शुक्रराज शास्त्री र महर्षि दयानन्द सरस्वती, गंगालाल श्रेष्ठ, धर्मभक्त मथेमा र दशरथ चन्द्रजस्ता ज्ञानी पुरुषहरूले देखएका बाटोलाई अपनाउदै धर्म, संस्कृतिको संरक्षणका लागि आर्य समाजको बेद प्रचार, छुवाछुत हटाउन, हिन्दू समाजलाई जोगाउन र धर्म परिवर्तनलाई रोक्ने उेदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । यो कार्यक्रम २९ गतेसम्म चलने आयोजक समितिले जानकारी गराएको छ ।

suvakamana