एजेन्सी –अभिषेक बच्चन र विवेक ओबरायको एउटा भिडियो अहिले चर्चामा छ । भिडियोमा दुवैजना एक अर्कासँग गला मिलाइरहेका छन् ।  वर्ल्ड ब्याडमिन्टन च्याप्यिनशीपमा पहिलो स्वर्ण पदक विजेता पीवी सिन्धुको सम्मानमा आयोजित कार्यक्रममा अभिषेक आफ्नो बुवाको साथमा उपस्थित थिए भने विवेक आफ्नी पत्नी तथा माता पिताको साथमा उपस्थित थिए ।

जव विवेक अमिताभ बच्चनसँग भेट गर्न आफ्नो पुरा परिवारका साथ तयार थिए त्यसै बेला अभिषेक पनि बुवाको पछिपछि सँगै पुगे । अभिषेकले शुरुमा विवेकका पिता सुरेश, आमा यशोधरासँग भेट गरे त्यसपछि पुराना कुराहरुलाई बिर्सिएर विवेकसँग हात मिलाउन पुगे । लगत्तै उनले विवेकसँग गला पनि मिलाउँछन् र मुस्कुराउँदै हाल खवर सोध्छन् । जुन दृश्यलाई बलिउडकर्मीहरुले निकै चासोका साथ हेरेका छन् ।

विवेक र ऐश्वर्या कुनै समय प्रेम सम्वन्धमा थिए तर पछि यी दुई छुट्टिए । गएको मे महिनामा विवेकले एउटा फोटो शेयर गरे । फोटोमा ऐश्वर्यालाई तीन अलग अलग ब्यक्तीसँग देखाइएको छ । जसमा शुरुमा ऐश्वर्यालाई सलमानसँग राखिएको थियो जसलाई ‘ओपिनियन पोल’ लेखिएको थियो भने बीचमा विवेक स्वयंसँग उनलाई राखिएको थियो जसलाई ‘एक्जिट पोल’ लेखिएको थियो भने अन्तमा एैश्वर्यालाई अभिषेकसँग राखिएको थियो जसलाई ‘रिजल्ट’ भनिएको थियो ।

फोटो सामाजिक संजालमा भाइरल भएलगत्तै अभिषेकले विवेकसँग बदला लिने सोच बनाएका थिए तर ऐश्वर्याले त्यसो नगर्न सुझाएकी थिइन् । ऐश्वर्याले विवेकले गरेको निच हर्कतको जवाफ दिन कुनै जरुरी नभएको बताएकी थिइन् । जुन फोटोप्रती धेरै कलाकारहरुले समेत आपत्ती जनाएका थिए । धेरैले विवेकले आफ्नी पूर्व प्रेमिका रहेकी ऐश्वर्यालाई राखेर बनाइएको ट्रोल शेयर गर्न नहुने तर्क राखेका थिए।

suvakamana