एजेन्सी– यूरो कप छनोट अन्तर्गत गएराति भएको खेलमा फ्रान्स विजयी भएको छ । एन्डोरालाई ३–० गोल अन्तरले हराउँदै फ्रान्सले जीत दर्ता गरेको हो । खेलमा फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यान पेनाल्टीमा चुके । उनी अघिल्लो खेलमा पेनाल्टीमै गोल गर्न चुकेका थिए । उनले फ्रान्सका पछिल्लो दुई पेनाल्टी खेर फालेका छन् ।

किंग्सले कोमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । क्लेमेन्ट लेङ्लेटले ५२ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारेका थिए । विसम बेय येडरले खेलको ईन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए । फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टर्कीको समेत समान १५ अंक छ ।

suvakamana