हर्रो र बर्रो आयुर्वेदिक औषधिका लागि प्रयोग हुने फल हुन् । यी दुई फरक वनस्पति हुन् । हर्रो नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा करिब एक सय ५० देखि ११ सय मिटरको उचाइमा पाइन्छ । त्यस्तै, बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने हर्रो–बर्रो पतझर बिरुवामध्येमा पर्छन् ।

हर्रो

-हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ ।
-कागतीको रसमा हर्रो मिसाएर छालामा लगाउँदा दाद निको हुन्छ ।
-हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा त्यहाँभित्र आउने घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ ।
-नियमित हर्रो खाएमा पेट सफा हुने, एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ ।
-हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

बर्रो

-बर्रो कब्जियतका लागि एकदमै उपयोगी हुन्छ ।
-दाँत वा गिजासम्बन्धी रोगको औषधि बर्रोको फलबाट बनाइन्छ ।
-बर्रोको बियाँबाट निकालिएको तेल छालाको रोगका लागि उपयोगी हुन्छ ।
-बर्रोको फल दम र खोकीका बिरामीका लागि लाभदायी हुन्छ ।
-बर्रोले मूत्रजलनलगायत मूत्रसम्बन्धी विकार हटाउन मद्दत गर्छ ।
-चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोएमा आँखाको ज्योति बढ्छ । त्यस्तै, आँखाको रातोपन, आँखा सुन्निएको र -आँखा पोल्ने समस्या पनि ठीक हुन्छ ।
-बर्रोको तेलले कपाललाई फाइदा पुर्‍याउँछ । त्यसैगरी, कानसम्बन्धी समस्याका लागि पनि यो उपयोगी छ ।

suvakamana