बुटवल, भदौ ।बुटवल ११ देविनगरमा अवस्थित तिनाउ इ. बो. स्कुलमा हिन्दु नारीहरुको महान चाड हरितालीका तिज पर्वको अवसर पारी तिजगित प्रतियोगीता, विविध सास्कृतिक कार्यक्रम तथा शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाइ दर खुवाउने कार्यक्रम सम्पन्न भएका छन् ।

विद्यालयकी प्राचार्य सिता पाण्डेको सभादक्ष्यता तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञ मुर्ती पाण्डेको प्रमुख अतित्थयतामा सम्पन्न क्रार्यक्रममा कक्षा ४ देखी कक्षा ९ सम्मका झण्डै १५ समुहले भाग लिएका थिए । विद्यालयका नृत्य प्रशिक्षक किशोर थापा तथा नेपाली शिक्षक कुलबहादुर क्षेत्रीको निर्णायक रहेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सानु पौडेल र मेट्रिका जि.सी,तिनाउ सचेतना क्लबका अध्यक्ष साजन मल्लले गरेका थिए ।

कार्यक्रममा विभिन्न तिजका कोशेलीहरु प्रस्तुत गरीनुका साथै विभिन्न किसीमका सास्कृतिक कार्यक्रमहरु, लघुनाटकहरु पनि प्रस्तुत गरीएका थिए । सो अवसरमा नेपाल रेडक्रस रुपन्देही शाखा जुनियर रेडक्रस द्धारा आयोजित वक्तृत्वकला प्रतियोगीतामा द्वितिय हुन सफल तिनाउ इ. बो. स्कुलमा अध्ययनरत छात्रा नमिता थापालाइ पनि विद्यालयको तर्फ बाट मायाको चिनो, प्रमाण प्रत्र तथा नगद प्रदान गरिएको थियोे ।

प्रतियोगितमा कक्षा ७ सनकी प्रकृती खत्रीको समुह प्रथम, कक्षा ५ सनकी अपसरा रानाभाटको समुह द्वितिय , कक्षा ८ स्टारकी वर्षा पौडेलकोे समुह तृतीय , कक्षा ६ स्टारकी एन्जेला थापा र ४ सनकी आरोही थापाको समुह सान्तोना हुन सफल भएका थिए । प्रतियोगीतामा प्रथम, द्वितिय तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाइ विद्यालयका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथी यज्ञ मुर्ती पाण्डेले पुरस्कार तथा प्रसंसा पत्र प्रदान गरेका थिए ।

प्रथम पुरस्कार नगद रु ४०००, द्वितिय पुरस्कार नगद रु ३००० , तृतीय पुरस्कार नगद रु २००० र सान्त्वना पुरस्कार नगद रु १००० प्रदान गरिएको थियो । कार्यक्रममा समापनको अवसरमा बोल्दै विद्यालयकी प्रचार्य सिता पाण्डेले हरितालीका तीजको महत्वको वारेमा प्रकाश पार्दै आफू आफ्ना प्यारा भाई बहीनीहरुसंग रमाएर तिज मनाउन पउँदा अत्यन्तै खुसी व्यक्त गरिन् ।

suvakamana