चाडपर्वलाई भड्कीलो नबनाउन प्रदेश मन्त्री पौडेलको आग्रह
बुटवल, महिला समानताका लागी सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो मुक्ति ९५ . ५  बुटवलको आयोजनामा उद्यमी महिला सम्मान तथा महिला सशक्तिकरणका लागी उद्यमशिलता बिषयक प्रदेश स्तरीय अन्तरक्रिया तथा तीज बिशेष कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

उद्योग,पर्यटन वन तथा बातावरण मन्त्रालय,सामाजिक बिकास मन्त्रालय प्रदेश ५ को सहयोगमा र बुटवल उपमहानगरपालिका ,तिलोत्तमा,देवदह र सैनामैना नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रदेश पाँचका भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समाज रुपान्तरणकालागि महिलाहरुले आफैबाट सुद्धिकरण अभियान चलाउनु पर्ने बताइन । संस्कृति जोगाउने नाममा भईरहेका बिकृति हटाउन महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ,उनले भनिन ।

मन्त्री पौडेलले महिलाले आफ्नो खर्चकालागि आफ्नै गोजिबाट पैसा निकाल्नकालागि पनि महिला स्वयम् उद्यमशिल हुनु पर्नेमा जोड दिइन ् ।

मन्त्री पौडेलले प्रदेश सरकारले महिलाकालागि महिला मैत्री कानुन बनाईरहेको बताउँदै स्वदेशमा रोजगारी निर्माणमा सरकार गम्भिर रहेको र त्यसमा महिलाहरुले बिशेष सहयोग गर्न आग्रह गरिन ।

उनले पछिल्लो समयमा संस्कृतिका नाममा बिकृति हुने गरेको बताउँदै चाडपर्व गरिवको पहँुचमा पनि रहने गरि मौलिक रुपमा मनाउन आग्रह गरिने । उनले चाडवाडलाई भड्कीलो हुनबाट रोक्नकालागि सरकारले कडाई गरेको उल्लेख गरिन ।

मन्त्री पौडेलले रोजगारीका लागि बिदेश जानुपर्ने बाध्यता अन्त्य गर्नकालागि स्वदेशमै प्रयाप्त रोजगारी सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका कार्यबहाक अध्यक्ष गुमा देबि आचार्यले तीज पर्ब नेपाली महिलाहरुको महान पर्ब भएकाले यसको जगेर्ना गर्दै माौलिकतालाई बचाउनु पर्ने बताइन् ।

त्यस्तै प्रदेश सभा सदस्य रमा अर्यालले महिला र पुरुषको खाडल समान नहुदा सम्म महिलाहरु उद्यमशिलता फड्को मार्न नसक्ने बताइन ।

कार्यक्रममा महिला अधिकारकर्मी तथा रेडियोकी सदस्य ज्ञानु पौडेल र रेडियोकी पूर्व अध्यक्ष साबित्रा अर्यालले क्रमश ः महिला उद्यमशिलता र तीज पर्वको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथी टिप्पणी गर्दे सामाजिक अभियान्ता मिनाक्षी न्यौपाने र बुटवल बहुमुखी क्यामपसका सह प्राध्यापक माया कडेरियाले भावी पुस्तालाई यस्ता पर्बहरुको बारेमा जानकारी गराउन र पर्वलाई सस्कृति संग जोडेर जान आवश्यक रहेको बताएका थिए ।

रेडियोका कार्यवाहक अध्यक्ष खेमकुमारी पोखरेलले महिला अधिकार र उनीहरुको ससक्तिकरणका लागि रेडियो मुक्तिले आवाज उठाउँदै आएको बताउँदै महिला सशक्तिकरणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजानुपनेै बताइन ।

उत्कृष्ट महिला उद्यमी सम्मान २०७६ बाट चापागाई सम्मानित

त्यसै अवसरमा रेडियोले प्रत्येक बर्ष सम्मान गर्दै आएको उत्कृष्ट महिला उद्यमी सम्मान गरेको छ ।उद्यमी सम्मान २०७६ बाट भगवती चुरा उद्योग शुद्धोधन गाउपालिका रुपन्देहीका सञ्चालक यमुना चापागाईलाई सम्मान गरिएको हो ।

उद्यमी चापागाईलाई प्रदेश ५ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । सम्मानित चापागाईले संघर्षबाट नै जीवन अगाडी बढ्न सजिलो र अप्ठेरो दुबै हुने गरेको बताइन् ।

कुनैबेला आफुलाई कपडा धुने साबुन किन्न समेत पैसा नपत्याउने समाज र नागरिकका अगाडी यसरी सम्मानित हुन पाउदा गर्व लागेको बताईन ।

महिलाहरुका लागी आर्थिक आवश्यकता नै जीवनको महत्वपुर्ण पाटो भएकाले सम्पुर्ण महिलाहरु उद्यमी बन्न्नुपर्ने उनको सुझाव छ । कार्यक्रम रेडियोका कोषाध्यक्ष अमृता अनमोलको स्वागत तथा स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

suvakamana