मुम्बई – भारतीय टिभी च्यानलबाट प्रशारण हुने द कपिल शर्मा शोमा यसपटक बाहुबली स्टार प्रभासको उपस्थिति थियो । फिल्मको प्रचारका लागि पूरै टिम उक्त शोमा पुगेका थिए ।

कपिल शर्माले अन्य अतिथिलाई जस्तै साहो टिमलाई खुबै हँसाएका थिए । यसैबीच कपिलले प्रभासलाई सोधे – एकदिन प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्थ्यो?

कपिल शर्माको यो प्रश्न सुनेर प्रभासले भने, ‘म फिल्म उद्योगमा अन्तर्वार्ता दिन बन्द गरिदिन्छु ।’

यो उत्तर सुनेर कपिल शर्मा पनि हाँसे । किनकि, उनी आफैले पनि अन्तर्वार्ता लिइरहेका थिए ।

कपिल शर्माको शोमा आएका निल नितिन मुकेश र श्रद्धा कपूरले पनि रमाइलो गरे । कपिलले यी सबैलाई प्रश्न सोधेका थिए । साहोको कुरा गर्नुपर्दा यो फिल्ममा दमदार एक्सन देख्न सकिनेछ । फिल्मका कारण प्रभासको राम्रो चर्चा छ ।

यो फिल्म आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

suvakamana