रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि भइरहेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । केहीबेर अघि भीडलाई तितरवितर बनाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

अहिले भीड घट्दै गएको छ ।रविको रिहाइ नभएको भन्दै सर्वसाधारण भड्किएर उत्तेजित भएपछि प्रहरीलाई पनि भिड थाम्न हम्मे हम्मे भएको छ । रवी हिरासतमै भएदेखि सर्वसाधारणले हरेक दिन चितवनमा नाराजुलुस र प्रदशन गर्दै आएका छन् । रविका समर्थकले ‘रवी दाइ हाय हाय’ ‘रवि कसको जनताको’ ‘हाम्रो देश हाम्रो रवि प्राण भन्दा प्यारो छ’ भन्दै सर्वसाधारणले जुलुस प्रदशन गरेका छन् ।

त्यस्तै पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज पनि हिरासतमै राखिने भएको छ । जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा आज अस्मिता कार्कीको बयान सकिएको छ । लामिछाने र कँडेलसँग भोली बिहान बयान लिइने भएको छ ।

लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो ।प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।

suvakamana