बुटवल,७ माघ ।

प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले पदभार ग्रहण गरेका छन् ।

रूपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रदेश प्रमुखको रुपमा काम गर्ने जिम्मेवारी दिएकोमा सरकारप्रति आभार व्यक्त गरे ।

पदबहालीपछि आफ्नै कार्यकक्षमा बोल्दै झाले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीन वटै तहको निर्वाचनपछि अब संविधानले प्रदान गरेका जनताका अधिकारलाई सबैभन्दा पहिले संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।

पदभार ग्रहण लगतै उनले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललार्इ सपथ गराए ।

बाँकी प्रदेशसभा सदस्यहरूलार्इ भने पोखरेलले सपथ गराए । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा हुनेछ ।

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग बाणिज्य संघको हलमा नै हुनेछ ।

संघको सचिवालयमा सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने छ ।
यसमा तपाइको मत

suvakamana

एक उत्तर छोड्न

यहाँ टिप्पणी लेख्नुहोस
यहाँ नाम लेख्नुहोस