मुम्बई : अभिनेत्री एमी ज्याक्सन प्रेग्नेन्ट छिन्। यसको जानकारी उनले सोसल मिडियामार्फत आफ्ना फ्यानसम्म पुर्‍याएकी थिइन्। अहिले उनी प्रेग्नेन्सी पिरियडको मज्जा लिइरहेकी छन्। आफूलाई फिट राख्दै उनले फोटोसुट पनि गरेकी छन्।

सात महिनाकी प्रेग्नेन्ट एमीले सोसल मिडियामा फेरि आफ्नो टपलेस तस्बिर सेयर गरेकी छन्। तस्बिरमा एमी हट देखिएकी छन्। तस्बिरको क्याप्सनमा एमीले लेखेकी छन्, ‘ग्रिस ? होइन, मेरो बच्चा र म बेक गार्डेनमा रमाइलो गरिरहेका छौं। म ऊ आउने प्रतीक्षा गरिरहेकी छु। प्रेगनेन्सीको ३३ हप्तामा छु।’

एमीका फ्यान र साथीभाइले उनका तस्बिर निकै रुचाएका छन्। केहीले एमीलाई ट्रोल पनि गर्न सुरु गरेका छन्। एक युजरले लेखेका छन्, ‘यति ठूलो क्याप लगाउन सक्नेले कपडा लगाउनचाहिँ किन नसकेको होला ? ’ एमीले यही वर्ष जनवरीमा ब्वाइफ्रेन्ड जर्ज पानायियोटौसँग इन्गेजमेन्ट गरेकी थिइन् तर उनीहरूले विवाह भने गरेका छनैनन्। – एजेन्सी

suvakamana