नुरजंग के.सी

ऐतिहासिक पृष्ठभूमि
नेपाको भू–राजनीतिक स्थिति, सामाजिक र सांस्कृतिक सम्बन्ध खुल्ला सीमाना आदि कारणहरुले नेपालीहरु भारत जाने र भारतीयहरु नेपाल आउने प्रचलन परापूर्वक कालदेखि नै चलिआएको पाइन्छ । तर नेपालमा वैदेशिक रोजगारीको ऐतिहासिक पृष्ठभूमि हेर्दा रोजगारीको लागि विदेशतिर नेपालीहरु जान थालेको अवस्था १९ औं शताब्दीको सुरुतिर नै शिख शासक रञ्जित सिंहको सेनामा काम गर्न नेपालीहरुले लाहोर यात्राबाट शुरु भएको हो । सन् १८१६ मा एड्डलो नेपालको शान्ति तथा मित्रताको सन्धि भएपछि नेपालीहरु बृटिस गोर्खा पल्टनमा ३ हजारको संख्यामा भर्ती भएका थिए । त्यसपछि सन् १९५० मा नेपाल र भारतको बीचमा भएको शान्ति तथा मैत्री सन्धि पश्चात नेपालीहरु भारतमा रोजगारीका लागि जाने प्रवृत्ति बढ्यो । त्यस सन्धिले नेपाल भारतका कामदारहरु स्वतन्त्र रुपमा रोजगारीका लागि एकअर्को देशमा जाने कार्यलाई प्रोेत्साहन ग¥यो। त्यसबेलादेखि नै नेपालीहरु भारतमा सेना, पुलिस, प्रशासनिक सेवा तथा निजी क्षेत्रमा समेत काम गर्न प्रवेश पाउने अवस्था सिर्जना गर्नको लागि एउटा कोशेढुड्डा सावित हुन पुग्यो ।
वैदेशिक रोजगारी ऐन सन् १९८५ स्वीकृत भएपछि नेपालीहरु भारत बाहेकका मुलुकहरुमा पनि जाने क्रम शुरु भयो । परिणामस्वरुप नेपालीहरु खाडी क्षेत्रका मुलुकहरुमा पनि काम गर्न जान थाले । खाडी मुलुकहरुमा पेट्रोलियम पदार्थको उत्खनन् र निर्माण कार्य शुरु भएपछि विदेशी कामदारको माग बढ्न थाल्यो । त्यसपछि नेपालीहरु खाडी मुलुकहरुमा रोजगारीका लागि जोन क्रम ≈वात्तै बढ्यो । सन् १९९० को दशकमा विश्वका मुलुकहरुले जस्तै नेपालले पनि आर्थिक उदारीकरण र निजीकरणको नीतिहरु अबलम्बन गरेपश्चात् लाखौ नेपाली युवाहरु रोजगारीका लागि खाडी क्षेत्रका विभिन्न मुलुकहरु तथा मलेसिया, जापान, दक्षिण कोरिया आदि देशहरुमा काम गर्न जाने क्रम निकै तीव्र रुपमा बढेको छ । त्यस्तै खुल्ला सीमाना र राहदानीको आवश्यता नपर्ने हु“दा ग्रामीण क्षेत्रबाट ठूलो संख्यामा नेपालीहरु भारतको सिमावर्ती क्षेत्रका साथै दिल्ली, मुम्बाई, मद्रास, कलकत्ता आदि जस्ता ठूलो सहरहरुमा कामका लागि जाने गरेका छन् । यसरी कुनै एक देशका नागरिक आय आर्जन गर्ने उद्देश्यले अर्को देशमा गएर काम गर्दछन् भने त्यसलाई वैदेशिक रोजगारी र तिनीहरुले पठाएको पैसालाई ‘विप्रेषण’ भनिन्छ ।

वैदेशिक रोजगारीको वर्तमान अवस्था
नेपाली श्रम बजारमा प्रतिवर्ष ५ लाख श्रमशक्ति थपिने अनुमान गरिएको छ । नया“ नया“ थपिएका श्रमशक्तिलाई देशमा पुग्दो रोजगारीको अवसर छैन । श्रम बजारमा प्रवेश गर्ने नयाँ नयाँ श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउने विषय अझैपनि चुनौतीपूर्ण रहेको छ । त्यसैकारणले विगत केही वर्षदेखि नेपाली कामदारको लागि वैदेशिक रोजगार बजारमा रोजगारीको महŒवपूर्ण विकल्पको रुपमा विकसित हु“दै आएकोछ । न्यून पारिश्रमिक, बढ्दो महङ्गी, सबै प्रकारको श्रमको कदर नगर्ने नेपाली संस्कार, शिक्षा, सूचना र प्रविधिको विकासले नेपाली युवाहरुमा बढ्दो महŒवाका“क्षा र उनीहरुको वैदेशिक रोजगारप्रतिको अधिक मोहको कारण नेपाली युवाहरुको विदेश जाने क्रम निरन्तर जारी छ । वि.सं २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प र सोही सालमा दक्षिण सीमानाकामा आपूर्ति व्यवस्थापनमा भएको अवरोध लगायतले कृषि तथा औद्योगिक क्षेत्रमा पारेको नकारात्मक प्रभावका कारण बेरोजगार हुन पुगेका युवा जनशक्तिका लागि पनि वैदेशिक रोजगारी वैकल्पिक उपाय हुन पुगेकोछ ।
संस्थागत रुपमा वैैदेशिक रोजगारीको लागि १ सय १० वटा मुलुकहरु र व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिई वैैदेशिक रोजगारमा जानेहरुका लागि १ सय ७२ भन्दा बढी मुलुकहरुमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारीमा गएका छन् , तर अधिकांश नेपाली युवाहरु कतार, मलेसिया, साउदी अरब, युएई कुवेत, बरहराइन, ओमन, लेबनन् इजरायल, अफगानिस्तान, जापान, दक्षिण कोरिया आदि देशहरुमा वैदेशिक रोजगारीका लागि गएको पाइन्छ । वैदेशिक रोजगारीमा पठाउने इजाजतपत्र लिने संस्था १५२४ भएतापनि सक्रिय ११४० वटा मात्र रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अभिमूखीकरण तालिम दिने संस्था १५८ रहेका छन् ।
प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली कामदारहरु वैैदेशिक रोजगारीमा गइरहेका छन् । श्रम विभागको अभिलेख अनुसार आ.व. २०५७÷०५८ मा ५५,०२५ नेपाली कामदारहरु वैैदेशिक रोजगारीका लागि देश छोडेका थिए भने आ.व. २०६२÷०६३ मा १,७७,५०६ जना रोजगारीका लागि तेस्रो मुलुक गएका थिए । आ.व. २०६७÷०६८ मा यसरी विदेश जानेको संख्या ३, ५४७१६ रहेकोछ । यो संख्या आ.व. २०७२÷०७३ मा ४,१८, ७१३ हुन पुग्यो । भने आ. व. २०७४÷०७५ मा ३६१९९१ जना युवा वैदेशिक रोजगारीमा गएका छन्, वैदेशिक रोजगारीमा गएका मध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४.५ प्रतिशत रहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने नेपालबाट वैैदेशिक रोजगारीको लागि तेस्रो मुलुुक जाने जनशक्ति तीव्र गतिमा फेरबदल आइरहेको छ । हालसम्म भारत बाहेक अन्य मुलुकहरुमा रोजगारीको निम्ति जाने नेपाली कामदारहरुको कूल संख्या ४९ लाख नाघिसकेको छ । नेपालको वैैदेशिक रोजगारीको तथ्याड्ढमा पछिल्लो वर्षहरुमा घट्दो क्रममा बढीरहेको छ ।
ः नेपालको वैदेशिक रोजगारीको अवस्था
आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या कुल संख्या

स्रोतः आर्थिक सर्वेक्षण, २०७५÷०७६
आ.व. २०५०÷५९ देखि आ.व. २०६२÷६३ सम्म वैदेशिक रोजगारीमा जानेको कुल संख्या ५५८,६७५ थियो भने आ.व. २०७४÷०७५ सम्म यो संख्या ४९,२४,०९० नेपाली श्रम बजारमा प्रवेश गर्ने सबै जनशक्तिलाई नेपाली अर्थव्यवस्थाले रोजगारी दिन सकेको छैन किनकि नेपालका औद्योगिक क्षेत्र सानो छ । आर्थिक क्रियाकलापहरु विस्तार हुन सकिरहेको छैन । त्यसैले ठूलो संख्यामा श्रमशक्ति कामको खोजीमा विदेश पलायन भइरहेका छन् । यो क्रम पछिल्लो आर्थिक वर्षहरुमा घट्दो क्रममा रहे तापनि वैदेशिक रोजगारीमा जानेको कुल संख्या भने बढ्दो छ ।
देशगत रुपमा वैदेशिक रोजगारीको स्थितिः
देशगत रुपमा वैदेशिक रोजगारीको स्थिति विश्लेषण गर्दा सबैभन्दा धेरै नेपाली कामदारहरुको गन्तव्य मुलुकहरु कतार, मलेशिया, साउदी अरब र यू.ए.ई. रहेकोछ । हालका वर्षहरुमा नेपाली कामदार अन्य देशहरु जस्तै दक्षिण कोरिया, लेवनन, इजरायल, जापान पनि जान थालेका छन् । देशगत रुपमा वैदेशिक रोजगारीमा गएका कामदारहरुको स्थिति निम्न तालिकामा देखाइएको छ ।

देशगत वैदेशिक राजगारीको स्थिति
क्र.स देशको नाम २०७४÷७५ को प्रथम आठ महिना २०७५÷०७६ को प्रथम आठ महिना
१ कतार ६९०९६ ५४०३९
२ मलेसिया ७७४९८ २७११
३ साउदी अरब २९३६७ २७४१९
४ यू.ए.ई ३९३९९ ४०८६५
५ कुवेत १००२४ १००८६
६ बहराईन ३४०३ ३११७
७ ओमन १७६८ १७३६
८ दक्षिण कोरिया ल्ब् ४१४२
९ लेवनान १३ ४
१० इजरायल ८३ ४६
११ अफगानिस्तान १०१९ १००७
१२ जापान ५१८ ५४७
१३ अन्य १११५५ १०३७४
जम्मा २४३३४३ १५६०९३
स्रोतः आर्थिक सर्वेक्षण २०७४÷७५ र २०७५÷०७६ ।
आ.व २०७४÷७५ को शुरुदेखि फागुन मसान्तसम्म २४३३४३ जना वैदेशिक रोजगारीमा गएका थिए । देशगत रुपमा सो समयमा सबैभन्दा धेरै संख्यामा नेपाली कामदारहरु मलेशियामा त्यसपछि क्रमशः कतार,साउदी अरब, र युएईमा गएका रहेछन् भने आ.ब २०७५÷७६ को श्रावणदेखि फागुन मसान्तसम्म श्रम स्वीकृति लिई १५६०९३ जना वैैदेशिक रोजगारमा गएका छन् । देशगत रुपमा हेर्दा सो समयमा सबैभन्दा धेरै नेपाली कामदारहरु कतार, त्यसपछि क्रमशः युएई, साउदी अरब, र कुवेत रहेको छ । तथ्याङ्क अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अघिल्लो वर्षहरुको तुलनामा देशगत रुपमा घट्दो क्रममा रहेकोछ ।

वैदेशिक रोजगारीमा अंगभंग तथा मृतकको अवस्था ः
वैैदेशिक रोजगार व्यवसायलाई सुरक्षित व्यवस्थित र मर्माहित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हित संरक्षणको लागि वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गरिएको छ । आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष २०७५÷७६ को प्रथम आठ महिनासम्म ४१७९ जना मृतकका परिवारलाई आर्थिक सहायता र विरामी तथा अंगभंग भएकाहरुलाई उपचार खर्च उपलब्ध गराउनुका साथै अलपत्र परेका शव नेपाल ल्याइएकोछ । साथै विदेशमा अलपत्र परेका कामदारहरुका उद्धार गर्न विभिन्न राजदूतावासहरुमा पैसा पठाउने काम भइरहेको छ । त्यस्तै रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह एवं आर्थिक कारणले अलपत्र परेका कामदारहरुलाई उद्धार जनचेतनामूलक कार्यक्रम र सुरक्षित घर फर्काउने कार्य समेत सञ्चालन गरिंदै आएको छ ।
विप्रेषण आप्रवाहको वर्तमान अवस्था र विप्रेषणको योगदान ः
वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा घट्दै जाँदापनि वैैदेशिक रोजगारीवाट प्राप्त हुने आम्दानी वा विप्रेषण उत्साहका रुपमा बढ्दै गएकोछ । वैदेशिक रोजगारीले राष्ट्रिय अर्थतन्त्रमा विप्रेषण मार्फत ठूलो योगदान पु¥याउँदै आइरहेको भए तापनि नेपाली कामदाहरुको श्रम अदक्ष भएकोले उनीहरुले पाउने सेवा सुविधा र पारिश्रमिक पनि न्यून छ तर पनि विप्रेषण भने बढ्दो अवस्थामा छ । आर्थिक वर्ष २०७०÷७१ मा ५ खर्ब ४३ अब ३ करोड विप्रेषण प्राप्त भएको थियो भने आर्थिक वर्ष २०७५÷७६ को प्रथम आठ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण अप्रवाह ४.९ प्रतिशतले बढेर रु ४ खर्व ७१ अरब ८५ करोड रहेको थियो । यसरी नेपालमा विप्रेषण आप्रवाह तीव्र गतिले बढ्नुमा नेपाली कामदारहरुको संख्या बढ्नु , कामदारहरुको क्षमता, सीपमा बृद्धि भई सेवा सुविधा बढ्नु र कामदारहरुले आफूले आर्जन गरेको रकम नेपाली पढाउने सुविधाहरु वृद्धि हुनु रहेको छ ।
नेपालमा हरेक वर्ष विप्रेषण आप्रवाहको आकार बढ्दै छ र यसको कुल गार्हस्थ उत्पादनमा हिस्सा पनि बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७०÷७१ मा कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा २७.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा कुल गार्हस्थ्य उत्पादनको २४.९ प्रतिशत हुनुपुग्यो र यसबाट प्रष्ट हुन्छ कि नेपाली अर्थतन्त्रमा विप्रेषणको योगदान उल्लेख्य रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदानको हिसाबले नेपाल विश्वमा तेस्रो स्थानमा पर्दछ । नेपालमा दैनिक करिब रु १६० अर्ब बराबरको विप्रेषण आय प्राप्त भइरहेको छ । आ.व. ०७५÷०७६ को फागुण मसान्तसम्म चालू खाता प्राप्तिमा विप्रेषण आप्रवाको अंश ६३.४ प्रतिशत र चालु ट्रान्सफर आयमा विप्रेषण आप्रवाको अंश ८६.९ प्रतिशत रहेको छ । तीव्र गतिमा बृद्धि भइरहेको विप्रेषणले विदेशी मुद्राको सञ्चित बढाई शोधानान्तर स्थिति मजबुत राख्न सहयोग पु¥याइरहेको छ ।
नेपाली अर्थतन्त्रको तीव्र औद्योगिक विकास गरी निर्यात बढाउन नसकिरहेको परिस्थितिमा वैदेशिक रोजगारीवाट प्राप्त भएको विप्रेषणले उच्तस्तरमा रहेको व्यापार घाटालाई पुरा गर्नुका अतिरिक्त चालु खातामा बचत समेत सिर्जना गरी शोधानान्तर स्थिति मजबुत बनाउन महŒवपूर्ण योगदान पु¥याउँछ भने विनिमय दरको स्थायित्व लगायत समग्र आर्थिक स्थायित्वमा समेत महŒवपूर्ण योगदान पु¥याउँछ । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण मापन २०६०÷६१ मा गरिबीको रेखामुनि रहेको जनसंख्याको अनुपात २०६६÷६७ को दोस्रो सर्वेक्षणले देखाउको ३०.८५ प्रतिशतबाट ५.४ प्रतिशतले घटि २५.४ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७४÷७५ को अन्त्य सम्म गरिबीको रेखामुनि रहेको जनसंख्या १८.५ प्रतिशतमा झरेको छ । मुलुकमा द्वन्द्व राजनैतिक अस्थिरता तथा अशान्तिको अवस्था रहदारहदैपनि उक्त १४ वर्षको अवधिमा १४ प्रतिशतले गरिबी घट्नुमा बैदेशिक रोजगारीबाट आर्जित विप्रेषण कै भूमिका रहेकोछ । नेपालमा वैदेशिक मुद्रा आर्जनको महŒवपूर्ण स्रोत विप्रेषण आय बन्न पुगेकोछ । आर्थिक वर्ष २०५७÷५८ मा कुल वैदेशिक मुद्रा आर्जनमा विप्रेषणको योग्दान करिब ३० प्रतिशत रहेकोमा हालका पछिल्ला वर्षहरुमा यसको योग्दान वृद्धि हुँदै गई आर्थिक वर्ष २०७४÷७५ मा ८६.६ प्रतिशत पुगेको छ । यसबाट वैदेशिक मुद्रा आर्जनमा विप्रेषणको महŒव थप प्रष्ट हुन्छ । यसका साथै वैदेशिक रोजगारीबाट आर्जित विप्रेषण आयवाट उपभोक्ता खर्चमा वृद्धि, जीवनस्तरमा वृद्धि, मानव साधनको विकास पूँजी निर्माणमा वृद्धि गर्न समेत महत्वपूर्ण सहयोग पु¥याउँछ ।

औद्योगिक विकास गरी निर्यात वृद्धि, ऊर्जाको विकास तथा पर्यटन प्रवद्र्धन गरी वैदेशिक मुद्रा आर्जन गर्नुपर्नेमा यी क्षेत्रहरु कमजोर भई केवल श्रमशक्तिको श्रम र पसिनाबाट आर्जित विप्रेषणको भरमा अर्थतन्त्र धानिनु त त्यति सुखद भने होइन । तर विप्रेषणको दिगोपनको लागि भने थुप्रै समस्याहरु तथा चुनौतीहरु विद्यमान छन् । प्राप्त विप्रेषण अनुत्पादनशील क्षेत्रमा खर्च भइरहनु, अनौपचारिक मध्यमानवाट विप्रेषण भित्रिने क्रम रहिरहनु, अन्यन्त्र थप श्रम बजारको खोजी हुन नसक्नु, विदेशीन लागेका कामदारहरुलाई आधारभूत ज्ञान, सीप दिन नसक्नु, गैह्र कानुनी तबरवाट वैदेशिक रोजगारीमा जाने कार्यलाई रोक्न नसक्नु, विपन्न वर्गका व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जानको लागि आर्थिक स्रोत प्राप्त हुन नसक्नु, काम गर्न जाने देशमा भाषागत समस्याका कारण थुप्रै आर्थिक तथा शारीरिक शोषणमा पर्ने अवस्थाहरु विद्यमान छन् । वैदेशिक रोजगार व्यवसायी तथा विप्रेषणको कारोवार गर्ने वित्तिय संस्थाहरुको पर्याप्त अनुगमन र नियमन नगरिनु आदि जस्ता मत्त्वपूर्ण समस्याहरु यस क्षेत्रमा छन् । यस्ता समस्याहरुलाई कसरी समाधान गर्ने र विप्रेषण आप्रवाहलाई उत्पादनशील क्षेत्रमा कसरी बढीभन्दा बढी सदुपयोग गर्ने दृष्ट्रिकोणबाट हेरी यस क्षेत्रको दिगो विकासतर्फ ध्यान पु¥याउनु आजको आवश्यकता भएको छ ।

नेपाली श्रमवजारमा कामको खोजीमा प्रतिवर्ष ५ लाख युवाहरु आउने गर्छन् तर मुलुकमा पर्याप्त रोजगारीको अवसर छैन, रोजगारीको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केही स्नातक युवाहरु समेतलाई न्यून ज्यालामा (दैनिक ४ घण्टा रु ५१९।– र वर्षमा ९० दिन काम गराइएको छ ) झार ओखल्ने, ढुंगागिटी बोक्ने, बाटो सफागर्ने लगायतका काम दिएर युवाको मानमर्दन मुलुकबाट भएको छ । क्षमता भएका उर्जावान युवाहरुलाई रोजगारीको नाममा मर्यादित र सम्मानित काम दिन नसकेर यस्तो लाजमर्दो काम गराउनु मुलुकको बेइजत हो । दुई तिहाईको स्थिर र बलियो सरकारले उत्पादनमूलक रोजगारी सिर्जना गरी मुलुकमा उपलब्ध यस्ता युवा श्रमशक्तिलाई सीप र प्रविधि सिकाइ तिनै सीपयुक्त युवाको उपयोग गरी आर्थिक विकासलाई गति प्रदान गर्न सकिन्छ । बेरोजगार युवाहरुलाई देशमै रोजगारी र कृषि क्षेत्रमा रहेको अनुत्पादक अधिक श्रमशक्तिलाई उद्योग व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता सेवा क्षेत्रमा स्थानान्तरण गर्नुपर्दछ । २०७४ सालको संसदिय चुनावी कार्यक्रम तथा घोषणापत्रमा प्रतिवर्ष ५० हजार विदेशिएका युवाहरुलाई स्वदेश फर्काउने प्रतिबद्धता जनता सामु व्यक्त गरिएको थियो तर चुनाव जितेपछि जापान, इजरायल, दक्षिण कोरिया जस्ता विकसित तथा श्रमको मूल्य उच्च भएका देशहरुमा युवा पठाउनको लागि श्रम सम्झौता भयो भनी सरकारी घोषणा आउँदा मुलुकमा विदेसिएका युवाहरुलाई फिर्ता ल्याउने होइन कि प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई वैदेशिक रोजगारी तर्फ नै पठाउन उद्यत रहेको सरकारी नीति रहेको प्रष्ट हुन्छ । तर मुलुकको दिगो विकास गरि आर्थिक समृद्धि प्राप्त गर्न विदेशिएका युवाहरुलाई स्वदेशमै फर्काई तिनीहरुले त्यहाँ सिकेको ज्ञान, सीप र क्षमताको भरपुर उपयोग गर्ने वातावरणको सिर्जना गर्दै प्रतिवर्ष श्रमबजारमा थपिने नयाँ युवाहरुलाई देशभित्रै उत्पादनशील, मर्यादित र सम्मानित रोजगारीको अवसर उपलब्ध गराउने तर्फ सरकारी प्रतिबद्धता हुन जरुरी छ । श्रम बजारमा प्रवेश गर्ने सवै युवाहरुलाई अहिलेकै वर्तमान अवस्थामा देशभित्रै मर्यादित रोजगारी उपलब्ध गराउन एकैचोटी सम्भव नभएमा वैदेशिक रोजगारी पनि खुला गर्ने तर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित चाहिं गनैै पर्ने हुन्छ ।

नेपाली अर्थतन्त्रलाई जोगाई राख्न महŒवपूर्ण भूमिका खेलिरहेको वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको श्रम कम गुणस्तर र बिना तालिमका अदक्ष श्रमिकहरुको बाहुल्यता रहेको छ । सीप विकास तालिम प्रदान गरी अर्धदक्ष वा दक्ष कामदार विदेश पठाउन सके वैदेशिक रोजगार व्यवस्थित तथा सुनिश्चित भई अदक्ष श्रमिकहरुको तुलनामा बढी आय आर्जन गर्न सक्दछन् । साथै नियमित रुपमा अन्तराष्ट्रिय श्रम बजारको अध्ययन गरी माग अनुसारको श्रमशक्ति तयार पार्न तालिम तथा सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जरुरीछ । वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली कामदाहरु कतार, मलेसिया, साउदी अरब, यू.ए.ई., कुवेत गरी पा“च मुलुकहरुमा मात्र सीमित छन् । थोरै देशहरुमा वैदेशिक रोजगारी कन्द्रित हुनु दीर्घकालीन दृष्ट्रिले हानिकारक हुन्छ । त्यसैले रोजगारी विविधिकरण तर्फ गम्भीर हुनुपर्दछ । त्यसैगरी नेपाली कामदारहरुलाई रोजगारी दिने प्रतिष्ठान वैदेशिक रोजगारीमा पढाउने संस्थाहरुस“ग समन्वय गरी नेपाली कामदारहरुको हकहित संरक्षणका लागि नियमित अनुगमन तथा नियगमन गर्न आवश्यक छ । यिनै विविध कुराहरुलाई सम्बन्धित निकायहरुवाट गम्भीर दृष्टिले कार्यान्वयन गर्न सके वैदेशिक रोजगारीको गन्तव्य दीर्घकालीन र सुरक्षित हुनसक्छ । सबभन्दा महŒवपूर्ण कुरा त के हो भने प्राप्त भएको विप्रेषणको उत्पादनशील क्षेत्रमा लगानी गरी लगानी मैत्री वातावरणको सिर्जना गरी नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीको अवसरहरु प्रदान गरेर रोजगारीका लागि विदेशतिर जाने परिस्थितिको अन्त्य गर्नु अपरिहार्य छ । यसो गर्न सकेमा मात्र नेपाली अर्थतन्त्रको दिगो विकास र समृद्धि सम्भव हुन्छ ।

suvakamana