कर्ण अधिकारी नुवाकोट।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पश्चात् जनताको छोरा छोरी राष्ट्रपति बनी सके तर नेपाली जनताको जीविको पार्जन गर्ने शैली र कमाई बढ्नु भन्दा घट्नु तिर उन्मुख भई रहदा चाँहि दिक्क लाग्छ।देशका अधिकांश होनाहार युवा शक्ति दैनिक हजार १५ सयको दरमा त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलबाट बिदेश पलाएन हुँदैछन्।नेपाल सरकार रेमिट्यान्सको भरमा समृद्धि नेपालको परीकल्पना गर्दैछन्।दक्ष जनशक्ति नै नभए पछि देश बिकास र समृद्धि कसरी हुन्छ ?

तराईमा भैसी चराउनेको छोरा डा.राम बरण यादव र पूर्बी भेग पाहाडमा जन्मिएकी बिद्या देवी भण्डारी नेपालको प्रथम र द्वतिय राष्ट्रपति भई सके बिद्या देवी भण्डारीको दोश्रो कार्यकाल चलि रहेको छ।नेपाली जनता बिश्वास गर्थे २४० बर्ष नेपाल माथि राज गरेको शाही शाशन भन्दा राष्ट्रपति शाशन नै राम्रो होला भनेर तर ती दुईमा केही फरक भेटिएन।राजालाई भन्दा पनि राष्ट्रपतिलाई भौतिक साधनको बिलासिता दिन दिनै बढ्दै छ।कहिले १८ करोडको गाडी त कहिले डेढ अरबको हेलिकोप्टर।गरीव देशका शाशकमा यसरी बिलासिता बढ्नु दुर्भाग्य पूर्ण कुरा हो।यस्ता कुराले गणतन्त्रलाई नै धरापमा पार्ने लक्षण देखिदै छ।सामाजिक संजालमा महामहिम राष्ट्रपति बिद्या देवी भण्डारीको बिरोध भई रहदा राष्ट्रपति सचिवालयले बिज्ञप्ति सम्म जारी गर्न समेत सकेको छैन।केवल सरकारमा रहेका संचार मन्त्री बेला बेलामा हावादारी कुरा फैलाउदै छन् १८ करोडको गाडी देखि लिएर डेढ अरबको हेलिकोप्टर सबै देउवा प्रधानमन्त्री हुँदा उहाँकै पालामा गरीएको निर्णय हो भनेर।देउवा सरकारले ल्याएका नितिहरू सबै खारेज गर्ने कम्युनिष्ट सरकारले यो दुई कुरा चाँहि किन खारेज गर्न सकेन ? के यो बिषयमा देउवा सरकारलाई मुछ्न मिल्छ ?

सुन्दै छु राष्ट्रपतिका लागि खरीद गरीएको हेलिकोप्टर दुर्गममा सुत्केरी हुन नसकेको नेपाली नारीहरूलाई उद्धार गर्नका लागि हो रे हामी पनि हेरौला यो कुरा सत्य हो वा होईन भनेर यदि भए ठिकै होला यदि नभए जनताको भावना माथि खेलबाड गर्दै जनता झुक्याउने खेलमा लागि पर्नु दुर्भाग्य।नेपाली जनता पनि सारै सोझा छन यस्ताहरूले भनेका कुराहरू सहजै पत्याई दिन्छन।दुर दराजमा सिटामोल र झाडा पखाला लागेको दबाई नपाएर हजारौ नेपाली नागरीक मरी रहेका छन् यता तिर भने भौतिक बिलासिताको लागि भौतिक साधन किनी रहेका छन्।मलाई लाग्थ्यो महामहिम राष्ट्रपति ज्यू त्यति सौखिन हुनु हुन्न होला भनेर किनकी उहाँको बिगतलाई मैले राम्रोसंग पढेको छु।उहाँको १६ /१७ बर्षे जवानीमा खिचिएको तस्बिर आज पनि सामाजिक संजाल फेसबुकमा त्यतिकै भाईरल छ।भनिन्छ नी तस्बिर आफै बोल्छ भनेर।भण्डारी ज्यू कै कारण महाराजगञ्ज काठमाण्डौको पुलिस एकेडेमी पनि सारीयो रे ।उहाँलाई शान्त वातावरण चाहिएका कारण पुलिस एकेडेमी हटाइए रे । खैर जे भए पनि महामहिम राष्ट्रपति ज्यू जनताको भावना बुझि दिनु होस्।पाकिस्तानको प्रम इमरान खान र अमेरीकाका पूर्ब राष्ट्रपति बराक ओबामा जस्तै बिचार लिई दिनु होस्।नेपाल सरकार पनि तपाईलाई अलोकप्रिय बनाउन लागि परेको छ।

२०७४ सालको चुनावमा बर्तमान प्रम केपी शर्मा ओलीले भाषणका क्रममा नेपाली युवा जनशक्ति अब बिदेशीनु नपर्ने देशमा नै रोजगार दिनेछौ भनी जनता सामु प्रतिबद्धता जाहेर गरेका थिए।बोल्दै जाँदा हाम्रो सरकार आयो भने नेपालका मेन पावर कम्पनिहरू झिंगा धपाएर बस्ने छन्।सिध्रा माछा सुके झै सुक्ने छन भनेर तर उहाँले जस्तो बोल्नु भएको थियो त्यसको बिपरीत भएको छ।अब नेपाल सरकारका श्रम मन्त्री बिष्ठले नयाँ नयाँ देशको खोजी गर्दैछन नेपाली नागरीकलाई काम गर्न पठाउन।सुन्दै छु फ्रान्सका लागि नयाँ सम्झौता हुँदै छ रे ।आखिर कहिले सम्म यसरी होनाहार युवा शक्ति बिदेशीने ! नेपाल सरकारले युवा शक्ति बिदेशीने माहौल रोक्नुको साटो खुल्ला गर्नु राम्रो होईन्।छिमेकी राष्ट्र चीनले आफ्ना नागरीकलाई बिगतमा पासपोर्ट बनाएर बिदेश जान रोक लगाएको थियो जसका कारण चीनले बिकासमा फड्को मार्यो।चीनको बिद्यार्थी जो पढ्न बिदेश जान्छन यदि तिनीहरू स्वदेश फर्किएन भने तिनीहरूलाई चीनको नागरीक हुनबाट बन्चित गरीन्छ।किनकी चिनलाई अझै पनि दक्ष जनशक्ति चाहिएको छ।हाम्रो देश नेपालमा चाँहि यस्तो अबस्था कहिले सृजित होला।हाम्रोमा त बिदेशी पासपोर्ट र आईडी लिएकालाई दोहोरो नागरीकता चाहियो रे । यस्ता बिषयमा नेपाल सरकारले ध्यान पुराउन जरूरी छ।

suvakamana