रातोपाटी

तेजेन्द्र के.सी

बुटवल–बौद्ध धर्म र दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित १४ वर्षअघि लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना भएको थियो । तर स्थापनाको लामो समय विश्वविद्यालय गुमनाम जस्तै बन्यो ।

हुन पनि पाँच वर्षअघिदेखि मात्रै विश्वविद्यालयले लुम्बिनीमा कक्षा प्रारम्भ गरेको थियो । त्यसअघि काठमाण्डौंमै सीमित रहेको विश्वविद्यालयका शैक्षिक गतिविधि शुन्य प्रायः थिए ।

मुलुकमा रहेका विश्वविद्यालयमध्ये यो निकै फरक प्रकृतिको हो । तसर्थ पनि यसको चर्चा र जिज्ञासा रुपमा धेरैले लिएका छन् ।

विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै  लुम्बिनी र बुद्ध प्रतिको चासोलाई बढाएको छ ।

०७० सालमा लुम्बिनीस्थित केन्द्रिय क्याम्पसमा पहिलो वर्षको कक्षामा ३५ जना विद्यार्थी भर्ना भएका थिए । याे बीचमा स्नातक तहमा मात्रै करिव दुई सय विद्यार्थीले अध्ययन गरेका छन् ।

‘कक्षा शुरु भएयता मात्रै विश्वविद्यालयको चर्चा शुरु भयो, यसप्रति अझै पनि भ्रम छन्, विश्वविद्यालयका निमित्त उपकूलपति एवं रजिष्टार तिलक आचार्य भन्छन–‘भ्रम चिर्दै विश्वविद्यालयलाई अघि बढाउनु अहिलेको चुनौति हो ।’

श्रीलंका, जापान, भारत, दक्षिण कोरिया, भियतनाम, थाइल्याण्ड, कम्बोडियाजस्ता केही देशहरुमा बौद्ध दर्शन अध्ययन गराउने विश्वविद्यालयहरु प्रसस्त मात्रामा खुलेका छन् । बौद्ध विश्वविद्यालयहरु जापानमा १४, श्रीलंकामा ४, दक्षिण कोरिया र कम्बोडियामा ३र३, भियतनाम र थाइल्याण्डमा २÷२ र भारतमा १ वटा स्थापना भएका  छन् ।

 लामो सयम किन  गुमनाम ?
तत्काललिन प्रधानमन्त्री शेर हादुर देउवा प्रधानमन्त्री भएको बेला २०५८ सालमा बौद्ध विश्वविद्यालयको  संचालनको लागि  प्रस्ताव लगेर  एक टोली  पुगेको थियो ।  त्यसको तीन वर्षपछि अर्थात २०६१ मा विश्वविद्यालय स्थापना भएको थियो ।  सांसद भरत कुमार शाह भन्छन्, ‘त्यो बेला लुम्बिनी विश्वविद्यालय स्थापना गर्दा हुने सन्देश  र ज्ञानको महत्व बुझाउन माथिल्लो निकायमा कठिन थियो । तर विस्तारै पहल हुँदै जाँदा स्थापना गर्न सकियो ।’

बुद्धको नामले परिचित नेपालको एक मात्र यो  विश्वविद्यालय पनि स्थापनाको ९ वर्षसम्म त्यसै गुमनाम भयो । ‘राज्यले चासो नदिएका कारण पनि यस्तो भएको हो, आचार्य भन्छन्–‘अव यसले गति लिन्छ ।’

 अझै जग्गा चाहिन्छ 
विश्वविद्यालय निमार्णको काम जारी नै छ । हाल ८ बिगाह क्षेत्रफलमा निमार्ण भएको भवन अपुग देखिएका छन्  । अर्कातिर कक्षा एकपछि अर्को गर्दै थपिने क्रममा छन् ।  जसले विश्वविद्यालयलाई अझै पनि समस्याले नछाडेको उपकूलपति आचार्य बताउँछन् ।

‘विश्वविद्यालयलाई भौतिक संरचनामा सबल बनाउने हो भने लुम्बिनीमा बौद्ध दर्शन पढ्ने विद्यार्थीको अभाव हुने छैन । विश्वका अनेकौँ देशहरुबाट लुम्बिनी पढ्न आउने विद्यार्थीको संख्या थामिनसक्नु हुनेछ,’ डीन माणिकरत्न शाक्य भन्छन् ।

रुपन्देहीको देबदहमा जग्गा प्राप्तिका लागि विश्वविद्यालयले प्रक्रिया थालेको छ । यसप्रति राज्यको उचित चासो नगएकै कारण जग्गाका लागि विश्वविद्यालयले अगाडि बढाएको फाइल भुमिसुधारको दराजमा थन्किएको छ ।

विश्वविद्यालयले लुम्बिनी बिकास कोष भित्रको जग्गामा केही संरचना बनाएको छ । त्यस्तै खडैयामा पनि संरचना तयार भएका छन् । ती नवनिर्मित भवनको आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने कार्यक्रम छ ।

विश्वविद्यालयमा सम्भावना धेरै, लगानी थोरै छ । जसले गर्दा जति विकास हुनु पर्ने हो त्यति हुन सकेको छैन । ‘हामीले कसैसँग पैसा चाहियो भनेका छैनौं, कानुनका केही बुँदा परिवर्तन र जग्गा मात्रै खोजेको हो, तर पाइएको छैन, विश्वविद्यालयका  आचार्यले भने ।

विश्वविद्यालयले अहिले छात्रावास सहित अनुसन्धान कक्ष पनि बनाएको छ ।

 

राज्यले प्रसस्त जग्गा उपलब्ध गराउन सकेमात्रै पनि विश्वविद्यालयले बौद्ध दर्शनमा ठूलै फड्को मार्ने सभ्भावना रहेको छ । क्याम्पस सञ्चालनको छाेटाे समयमै देखिएको अर्कषणले सम्भावनालाई अझ कसिलो बनाएको छ । लुम्बिनी स्थित केन्द्रिय क्याम्पसका पूर्व प्रमुख इन्द्र काफ्ले विद्यार्थीको भर्नाले उत्साह थपेको बताउछन । ‘शुरुका क्याम्पस २० जना विद्यार्थी कसरी पु¥याउने भन्ने कुरामा घोत्लिनु परेको थियो । तर अपेक्षा भन्दा बढी विद्यार्थी बौद्ध दर्शनको अध्ययनमा रुचिका साथ आउनुभयो,’ काफ्ले भने ।

तर अहिले पनि क्याम्पसमा पढाउने सीमित जनशक्ति छ । आंशिक प्राध्यापकको भरमा कक्षा चलेका छन् । स्नातक तहमा कक्षा थपिएका छन् । भाषाका कक्षाहरु विश्वविद्यालयमा नियमित भएका छन् । दक्ष जनशक्ति उत्पादनमा जोड दिएको विश्वविद्यालयले ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट समेत शुरु गरेको छ । बुटवल र लुम्बिनीमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीका निकै आकर्षण देखिएको केन्द्रीय क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बताए ।

‘बिबिटिटिएम नयाँ कार्यक्रम हो, पर्यटन क्षेत्रमा खड्किरहेको जनशक्ति उत्पादनमा ठूलो टेवा पुग्छ, उनले भने, ‘केन्द्रीय क्याम्पसमा पढ्ने विद्यार्थीका लागि रुपन्देहीका ६ वटा स्थानीय तहले छात्रवृत्ति दिएका छन् । यो जिल्लामै नौलो अभ्यास हो ।’

विश्वविद्यालयमा अहिले पिएचडी, बुद्ध दर्शनमा स्नाकोत्तर, स्नातक तह र प्रमाणपत्र तहमा भाषा कक्षा सञ्चालनमा छन् । गएको वर्षमात्रै विश्वविद्यालयले पहिलो पटक दीक्षान्त कार्यक्रम गरी दीक्षित गरेको थियो । विश्वविद्यालयलाई बहुविषयमा लैजाने कुरामा छलफल शुरु भएको छ । बौद्ध दर्शनसंगै जोडेर अन्य विषय अध्ययन गराउने योजना बनाइएको छ ।

कतिपय नीतिगत कुराहरुका कारण विश्वविद्यालयले सहयोग जुटाउन सकेको छैन । नीतिगत कुराहरुलाई पनि परिमार्जन गर्नपर्ने आवश्यक रहेको पदाधिकारीहरु बताउँछन् । किनकी यसको प्रारम्भिक विधान अपूर्ण छ । स्थानीय स्रोतबाट सञ्चालन गर्ने भन्ने जस्ता कतिपय वाक्यले विश्वविद्यालयको विकासका लागि अवरोध भएका छन् । त्यसलाई सच्चाउनुपर्ने भएको छ ।

बौद्ध दर्शन र लुम्बिनीको बारेमा चासो हुनेका लागि लुम्बिनी मै क्याम्पस सञ्चालन हुनु गौरवको कुरा हो । त्यसले लुम्बिनीको विकासमा अझ योगदान पु¥याउने जानकारहरु बताउँछन् ।

बौद्ध दर्शनमा आकर्षण किन ?
केही वर्षदेखि पत्रकारितामा व्यस्त रहेका भैरहवाका नरेश केसी लुम्बिनी विश्वविद्यालयका एमए तह प्रथम वर्षका विद्यार्थी हुन । शिक्षा संकायबाट स्वाथ्य विषयमा स्नातक गरेका उनी बौद्ध विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा भर्ना खुल्नासाथ भर्ना भए । नियमित जसो कक्षामा उपस्थित हुने केसी भन्छन्–‘लुम्बिनीमा बसेर बौद्ध दर्शन पढ्न पाउनु हाम्रो लागि खुसीको कुरा हो ।’ लुम्बिनीको विकासका लागि पनि बुद्ध दर्शन पढ्नै पर्ने उनी बताउँछन् ।

उनी जस्तै अन्य विषयमा स्नातकोत्तर गरेकाहरु पनि लुम्बिनी विश्वविद्यालयमा भर्ना भएका छन् । पहिलो ब्याचमा भर्ना भएकी लुम्बिनीकै अर्की अञ्जली भन्छिन्–‘विश्वविद्यालयको कक्षा लुम्बिनीमा सञ्चालन हुनुको फाइदा स्थानीयलाई जति अरुलाई हुन सक्दैन ।’

बौद्ध विद्यालयको पाठ्यक्रम पूर्णतः बुद्धसम्बन्धी रहेको छ । दुई वर्षमा एक हजार पूर्णाङ्कको कोर्श पूरा गर्नका लागि भने कम्ती मेहनतले पुग्दैन । बौद्ध विद्धान डा. केशवमान शाक्य बौद्ध दर्शन कर्मश, साइन्स, शिक्षा पढेजस्तो नहुने बताउँछन् । ‘यो त्यति सजिलो विषय हैन, सामान्य मेहनतले पुग्दैन’ उनी भन्छन्–‘ज्ञान आर्जनका लागि निकै मिहेनत गर्नुपर्छ ।’

लुम्बिनीमा आउने पर्यटकहरुलाई बुद्धको बारेमा ज्ञान दिनका लागि पनि बौद्ध दर्शन पढ्नु अनिवार्य रहेको छ । विश्वविद्यालयले बुद्धिजममा नेपालबाटै लिडरसीप बनाउने उद्देश्यले स्नाकोत्तर र पीएचडी सहितको कक्षा सञ्चालन गरेको डा. शाक्य बताउँछन् । बुद्धलाई ढोग्न मात्रै होइन, ज्ञान आर्जनका लागि पनि लुम्बिनी आउनुपर्छ भन्ने मान्यता विश्वविद्यालयको रहेको उनको भनाई छ ।

विश्वविद्यालयको प्राज्ञिक परिषदका पूर्व सदस्य डा. काशीनाथ न्यौपानेको जोड पनि त्यसैमा छ ।  लुम्बिनी विश्वविद्यालय बौद्ध मार्गीहरुको थप अर्कषणको केन्द्र हुने भएकाले  भौतिक संरचनामा कुनै पनि कमी दिन नहुने उनी बताउँछन् ।

बौद्ध विश्वविद्यालयमा अध्ययन हुने बुद्ध धर्म भने होइन । बुद्धको बारेमा अध्ययन गरिने बौद्ध दर्शन हो । न्यौपाने भन्छन्–‘बुद्ध धर्मको अध्ययन नभई दर्शनको अध्ययन                                              

suvakamana