हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ नम्बर प्रदेश सांसद् रिता माझीले नेपालीहरुको महान चाड बडादशैंको सुरुआतको दिन ‘घटस्थापना’ जस्तो ऐतिहासिक पर्वको बिदा कटौती गरेकोमा संघीय सरकारको भत्र्सना गर्दै उक्त दिनलाई राष्ट्रिय बिदा दिन माग गर्नुभएको छ ।

प्रदेश संसद्मा माझीले दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकारले सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै महत्वपूर्ण चाडबाडको मुखमा गरिएको उक्त मूल्यवृद्धि तत्काल घटाउन माग गर्नुभएको छ ।

असोज ३ गते संविधान दिवस मनाइरहँदा २ नम्बर प्रदेशमा ‘मधेस एशियाकै नयाँ देश बन्दैछ’ भनेर खुलेयाम चर्चा हुँदा पनि संघीय र प्रदेश सरकार मुकदर्शक भएर मौन बसेको प्रति सरकारको उहाँले आलोचना गर्नुभयो ।

संसद्मा विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् तथा छठको शुभकामना दिनुहुँदै सांसद् माझीले मुलुकमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्बहाली गर्नेतर्फ संघीय सरकार र प्रदेश सरकारको ध्यान केन्द्रित होस् भन्ने कामनासमेत गर्नुभयो ।

suvakamana