बुटवल, १९ असोज ।
ससस्त्र प्रहरी वल ३८ नं गण भैरहवाले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको १६ लाख २ हजार मुल्य बराबरको स्काभेटरको पार्टस सहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार सो गुल्मबाट सप्रनि सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले सिमा नाका रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका –१ बेलहिया ईलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको स्काभेटरको पार्टस सामान र गाडी बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी–७ बस्ने ३१ बर्षीय गौरव गोयल र सोही ठाउका २८ बर्षीय को अंकित गोयल रहेका छन् ।
उनिहरुको साथबाट निजहरुले उक्त सामान ढुवानिमा प्रयोग गरेको डि एल ११ सि ए ८८४१ नम्बरको भारतिय महेन्द्र केयुभि गाडी सहित १६,०२,००० (सोह्र लाख दुई हजार) बराबरको सामान बरामद गरी आवस्यक कार्वाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको ससस्त्र प्रहरी वल ३८ नं गण भैरहवाले जनाएको छ ।
यसैबीच रुपन्देहीको मायादेवी गाउंपालिका वार्ड नं–६ बेथरीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनी लगायतका४० हजार ३ सय ९० रुपयाँ बराबरको सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बरामद सामान आवश्यक कारवाहीको लागि शुक्रबारै भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।

suvakamana