आज “संविधान दिवस” का अवसरमा केही लेख्न मन लाग्याे । राणा शासनकाे अन्त्य ,प्रजातन्त्रकाे स्थापना र नेपाली जनताका प्रतिनिधि ले देशकाे संविधान एवम अन्य कानुन बनाउने अर्थात संविधान सभाकाे निर्वाचनकाे माँग राखी बि.सँ. २००४ साल देखि नेपाली काँग्रेसकाे नेत्रुत्वमा भएकाे आन्दाेलनले राणा शासनकाे अन्त्य र प्रजातान्त्रिक शासन ब्यवस्थाकाे बहाली त गरयाे तर संविधान सभाकाे निर्वाचन गराउन सकेन । त्यसकाे ५७ बर्ष पछि नेपाली काँग्रेस,नेकपा एमाले लगायत ७ दल र माआेबादीहरु काे सँयुक्त जनआन्दाेलनकाे बल मा पहिलाे पटक संविधान सभाकाे निर्वाचन भयाे तर नया संविधान बन्न सकेन,पुन: २०७० सालमा दाेस्राे संविधान सभाकाे चुनाब भयाे र त्यसकाे २ बर्ष पछाडि बर्तमान संविधान बनाउन सफल भयाे । बर्तमान संविधान लाई थाेरैले पुर्ण समर्थन गरे,धेरैले आलाेचनात्मक समर्थन गरे,मधेशबादी दल ,जातिय र क्षेत्रिय दलहरुले सँबिधानका केही प्रावधानहरु परिवर्तन गर्नुपर्ने भन्दै आन्दाेलित भईरहे भने नेकपा (बिप्लव समूह) ले भने याे सँबिधानलाई पुर्णत अमान्य घाेषणा गर्दै याे सँबिधानकाे खारेजी र नया जनबादी संविधान एवम जनबादी शासन ब्यवस्थाकाे स्थापना गर्ने भन्दै अहिले आन्दाेलन गरिरहेकाे छ र शसस्त्र युद्धकाे तयारीमा लागेकाे छ । बर्तमान सँबिधानले नेपाली हिन्दुहरुकाे मन कुडयाएकाे छ । मधेशीहरु लाई वर्तमान सँबिधानका बारे अपब्याख्या गरेर असँतुष्ट बनाईएकाे छ,आजका सत्ताधारी एवम मुलधारका पार्टीहरुले हिजाे आन्दाेलन र बिद्राेह गर्दा जनता लाई सर्वस्व पाईन्छ भनेर हिडाए अनुसार नहुनाले गरिब र शाेषित वर्ग उद्वेलित छ । क्रान्तिकारी बाट प्रतिक्रान्तिकारीमा रुपान्तरित वर्तमान दुई तिहाईकाे सरकारकाे दँभी कार्यशैली र निकम्मापन ले सारा जनता निराश एवम आक्राेशित बनेका छन । यी कारणले गर्दा बर्तमान संविधान लाई चाैतर्फी खतरा बढेकाे छ । नेपालकाे उत्तरी छिमेकमा कम्युनिष्ट शासित देश छ भने दक्षिणी छिमेकी भारतमा शसस्त्र बिद्राेही कम्युनिष्टहरु ( माआेबादी “नक्सली”) बढदै गएर करिब एक चाैथाई भुमिमा प्रभावशाली बनेकाे र दिनहुँ बढदाे क्रममा रहेका छन । ४ बर्ष अगाडि छत्तिसगढ राज्यमा केन्द्र सरकारका मन्त्री सहित ४५ जना अर्धसैनिक काे “कमान्डाे” टाेली लाई मारेका “नक्सली” हरुले त्यस पछाडी ठुला ठुला भिषण आक्रमण गरेर अहिले सम्म हजाराै प्रहरी र अर्धसैनिक बल का सुरक्षाकर्मीहरु लाई सफाया गरेका छन । उक्त घटना पछि भारतका कुल जम्मा ५४२ जिल्लाहरु मध्ये ४० वटा जिल्लामा केन्द्र सरकारले व्यापक रुप मा सैन्य अपरेशन गर्न एक बर्ष अगाडि भारतिय केन्द्र सरकारकाे अति महत्वपुर्ण र शक्तिशाली पद “राष्ट्रिय सुरक्षा सल्लाहकार” मा आसिन अत्यन्त्यै कुशल र सफल ब्यक्ति अजित डाेभाल लाई खटाईएकाे छ । उक्त सैन्य अपरेशनकाे एक बर्षकाे अवधिमा हजाराै नागरिक मारिएका छन,बेपत्ता बनाईएका छन भने लाखाै जनताहरु बिस्थापित हुनु परेकाे छ । यश अपरेशनले गरिब आदिबासी जनता झन झन तिनै “नक्सली” हरु सँग नजिकिदै,सँगठित हुँदै गईरहेका छन । अहिले आन्ध्र प्रदेश बाट मध्य प्रदेश,छत्तिसगढ,झारखन्ड,बिहार हुँदै पश्चिम बँगाल राज्य सम्म “लाल काेरिडाेर” स्थापना भएकाे छ,जुन काेरिडाेर ले पुर्वी नेपालकाे दक्षिणी सिमाना पनि छाेएकाे छ । यस्ताे परिस्थितिमा ४०-४५ बर्ष अघि झापा जिल्ला बाट नजिकै पर्ने भारतकाे पश्चिम बँगाल राज्यकाे “नक्सलबाडी” भन्ने ठाउँ बाट त्यहाका कम्युनिष्टहरु (चारु मजुमदार) ले शसस्त्र बिद्राेह शुरु गरेपछि त्यसकाे केही समय पछाडि “सामन्त,शाेषक हरुकाे गर्धन गिँडने” भनी झापामा मैनाली बन्धुहरु र केपी आेली हरु उदाए झै शसस्त्र युद्ध अनुभवी बिप्लव माआेबादी हरु पुन: उत्साहित भएर शसस्त्र व्दन्द शुरु गर्न सक्ने चरम सँभावना देखिदैछ । तसर्थ बर्तमान संविधान पक्षधर दल र नेताहरु ले आफनाे कार्यशैली र आचरणमा आमूल परिवर्तन गरि नेकपा (बिप्लव समूह) लाई गँभिर रुपमा लिएर सार्थक बार्ता शुरु गर्न बेर गर्नु हुदैन । संविधान सँसाेधन गरि “धर्म निरपेक्ष राष्ट्र” हटाएर “सनातनी हिन्दु राष्ट्र” ,सँघियताकाे खारेजी,भ्रष्टाचार बिरुद्ध कडा कानुन एवम कडाईका साथ पालना जस्ता अपरिहार्य काम हरु चाँडाे भन्दा चाँडाे गरेर आम नेपाली जनता मा आशाकाे सँचार गराई बिद्राेही तर्फ जाने “सेन्टीमेन्ट” राेक्न अब ढिला गर्नु हुदैन ।

suvakamana