“फोरमले युवालाई सम्मान गर्छ”

भैरहवा, २३ भदौ ।

संघीय समाजवादी फोरम नेपालका नेताहरुले पार्टीले सदैव परिवर्तनका संवाहक युवाहरुलाई सम्मान गर्ने बताएका छन । उनीहरुले अन्य पार्टीहरुले युवालाई प्रयोग गरे पनि ६० प्रतिशत भन्दा बढी युवा सदस्यहरु रहेको फोरममा सदैव युवालाई सम्मान गरिने बताए ।

संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरम नेपाल प्रदेश नम्बर ५ को प्रथम प्रदेश भेलामा बोल्ने वक्ताहरुले प्रदेश नम्बर ५ को निर्माण गर्ने जिम्मेवारी युवाहरुको कांधमा आएको बताए ।

कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेश नम्बर ५ संसदीय दलका नेता सहसराम यादवले उत्पीडित समुदायको आवाज फोरमले सदैव उठाउँदै आएको चर्चा गरे । उनले देशको परिवर्तन र पार्टीलाई यहाँ सम्म ल्याउन युवाहरुको भुमिका रहेको चर्चा गरे ।ं यादवले फोरम सदैव समानुपातिक समावेशी तरिकाले वडा देखि केन्द्र सम्म युवाहरुलाई प्राथमिकतामा रहेको बताए ।

फोरम प्रदेश नम्बर ५ का सह–इन्चार्ज नविन सुनुवारले पार्टी सबै हिमाल, पहाड, तराई–मधेशमा बस्ने सम्पूर्ण जातजातिको साझा बन्न सफल भएको बताए । पार्टीका केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज विष्णुजंग बस्नेतले संविधान संशोधनको लागि एकपटक पुनः आन्दोलन गर्नुपर्ने परिस्थिीति आउन सक्ने भएकोले तयार रहन युवाहरुलाई आह्वान गरे ।

युवा सह–इञ्चार्ज फिरोज मन्सुरले अन्य पार्टीहरुले युवाहरुलाई प्रयोग गरे पनि फोरमले भने सबैलाई सम्मान गरेर अगाडी बढ्ने बताए । प्रदेश नम्बर ५ का अध्यक्ष अशोक यादवले समाजवादी विचारलाई जनता समक्ष लैजानुपर्ने बताए । पार्टीका प्रदेश नम्बर ५ का प्रदेश उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले निर्वाचमा अत्याधिक मत ल्याएर विजयी प्राप्त भए मात्र पार्टीको संगठन मजबुत रहेको कुरा प्रमाणित हुने बताए । प्रदेशसभा सदस्य पुरमती ढेगा मगरले एकढिक्का भएर पार्टीलाई लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिइन ।

कार्यक्रममा पार्टी प्रदेश नम्बरका ५ का पूर्व अध्यक्ष महेन्द्र यादव, प्रदेश सचिवालय सदस्य रामु यादव, निलम यादव, प्रदेश सह–प्रवक्ता एवं रुपन्देही इञ्जार्ज विद्या यादव, नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, कपिलवस्तु अध्यक्ष शैलेन्द्र यादव, रुपन्देही अध्यक्ष राम अवतार यादव लगायतले बोल्दै फोरम परिवर्तित नेपालको परिकल्पना गर्ने पार्टी भएको बताए । उनीहरुले युवा बिना कुनै पनि कुनै पनि देश र समाजको विकास हुन नसक्ने बताए ।

समाजवादी युवा फोरम नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष असलम खानको अध्यक्षता, पार्टीका रुपन्देही जिल्ला सदस्य दिनेश मिश्राको स्वागत मन्तव्य तथा समाजवादी विद्यार्थी फोरम नेपाल प्रदेश नम्बर ५ का उपाध्यक्ष मोहम्मद अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

suvakamana