बुटवल, २७ माघ ।
अखिल नेपाल युवक संघको तेश्रो राष्ट्रिय परिषद् बैठक बुटवलमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको परिषद् बैठकले विशेष १० बुंदे प्रस्ताव पारित गरेको छ । बैठकले आगमी बैशाख २८,२९ र ३० गते पोखरामा सातौ राष्ट्रिय सम्मेलन गर्नेगरी मिति तय गरेको छ ।
परिषद् बैठकबाट सातौ राष्ट्रिय सम्मेलनको मिति तय गर्नुका साथै अन्य महत्वपूर्ण निर्णयहरु गरिएको संघका महासचिव अनिलकिशोर घिमिरेले जानकारी दिए ।
संघका कोषाध्यक्ष बाबुराम आचार्यले प्रस्तुत गरेको १० बुंदे प्रस्तावलाई परिषद् बैठकले पारित गरेको बताईएको छ ।
केन्द्रिय अध्यक्ष तिलक थापाको अध्यक्षता र सचिव रमेश पौडेलको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
त्यस्तै अखिल नेपाल युवक संघले आफ्नो ३७ औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान गरेको छ ।
शनिबार बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।
लुम्बिनी मेडिकल कलेज पाल्पाको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो । कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष तिलक थापाले राजनीतिकसंगै सामाजिक र मानवीय सेवामा युवाहरुको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।
उनले रगतको अभावले कोही पनि बाच्न पाउने अधिकारबाट बन्चित हुन नपरोस भन्ने मानवीय भावनाका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

suvakamana