बुटवल २६ माघ । सुकुम्बासी समस्या मामाधान आयोग रुपन्देहीले पुर्णता पाएको छ ।
शुक्रबार भैरहवास्थित आयोगको कार्यालयमा बसेको बैठकले रिक्त रहेका सदस्यहरुको मनोनयन गरेपछि आयोगले पुर्णता पाएको हो ।
आयोगका अध्यक्ष हरि वहादुर आचार्यको अध्यक्षतामा बसेको बैठकले कानून व्यवसायी कृष्ण प्रसाद पोख्रेल तथा समाजसेवीहरु प्रेम कुमारी चौधरी र निरज प्रताप खांणलाई सदस्यका रुपमा मनोनित गरिएको हो ।
वैठक पछि आयोगका अध्यक्ष आचार्यले विषयगत रुपमा जानकार व्यक्तीहरुलाई सर्वसम्मत रुपमा मनोनित गरिएको र आयोगले आफ्नो कामलाई अघि बढाउने बताए ।
साथै वैठकले आयोगका अध्यक्ष आचार्यको नेतृत्वमा एक समिति गठन गरि अव्यवस्थीत बसोबास क्षेत्रको निर्धारण सहितको रिर्पोट तयार गर्ने जिम्मेबारी पनि दिएको छ । उक्त रिपोर्टका आधारमा लागत संकलनको काम अघि बढ्ने जनाईएको छ ।
आयोगमा मालपोत कार्यालयका प्रमुख सदस्य सचिव र प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिको कार्यालय,वन कार्यालय र नापी कार्यालय पदेन सदस्य रहने व्यवस्था रहेको छ । वैठक आयोगका सदस्य सचिव शिव प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

suvakamana