घनश्याम पाैडेल
अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखाेलामा कार दुर्घटना हुदाँ एकै घरका तिन जनाकाे मृत्यु भएकाे छ । बा १७ च ६९ १७ नम्बरकाे कार दुर्घटना भएकाे हाे ।

पाणिनि गाउँपालिका वडा नं.८ घर भई हाल सैनामैना बस्दै अाएका वर्ष ८० का दुर्गादेवी खड्काकाे मृत्यु भएको हाे । वर्ष ४३ का भक्तबहादुर खड्का र वर्ष ३९ का तिलबहादुर खड्काकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा एकै घरका अामा सहित दुई छाेराकाे मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गाडि चालक वर्ष ४९ का गंगाबहादुर खड्का र वर्ष २५ का विनाेद खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बुटवल पठाईएकाे प्रहरीले बताएकाे छ ।

suvakamana