तिलोत्तमा । तिलोत्तमामा पश्चिम क्षेत्रकै पहिलो उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालन भएको छ । तिलोत्तमामा नगरपालिका वडा नं ३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन गरिएको हो ।

उद्योगको शनिबार प्रमुख सचेतक बालकृष्ण खांणले एक कार्यक्रमा बिच उद्घाटनगर्दे स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनको लागि स्वदेशी बस्तुको उपभोग गर्नुपर्नेमा जोड दिए । नेता खांणले तिलोत्तमा नगरपालिकामा लगानी गर्नको लागि लगानी कर्ता उत्सुक भएको बताउँदै सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने बताए ।

त्यसै गरी तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा लगानी सम्मेलनपछि नगरमा दर्जनौं उद्योगी लगानी गर्न उत्सुक रहेको बताए । भारत र चिनबाट समेत लगानी भित्रने उनले बताए ।

युवाहरुको संयुक्त लगानीमा संचालनमा आएको प्रालिले लेडिजहरुको आबश्यक कपडाहरु सुपथ मुल्यमा उपलब्ध गराउदै आएको प्रालिका अध्यक्ष डाइरेक्टर इन्द्र खड्काले बताए । उद्योगमा प्रत्यक्ष रुपमा ७० जनाले रोजगारी पाएका छन् । ईन्द्र खड्का अध्यक्ष रहेको प्रालीमा लक्ष्मण भण्डारी, डम्मर तिवारी,सुरेश भण्डारी तथा श्रवणकुमार अग्रहरीको लगानी रहेको छ । अहिले दैनिक ३ सय पिस कपडा उद्योगले उत्पादन गर्दै आएको छ भने उत्पादन भएको कपडा पोखरा ,काठमान्डौं र बेलायतमा समेत खपत गरेको उनले बताए ।

अध्यक्ष खड्काले लण्डनमा समेत शाखा कार्यालय सञ्चालन गरि उत्पादित सामान विक्री गरिने बताए । माघदेखि सञ्चालनमा आएको उद्योगमा हालसम्म ४५ हजार पिस कपडा उत्पादन भैसकेको बताए ।

suvakamana