काठमाडौँ – देशभर आज (शनिबार)को मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा प्रभाव पारी आंशिक देखि सामान्य बदली कायम भएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

suvakamana