बुटवल, ६ कार्तिक । १२ औं अमरपथ दिपावली महोसत्व कार्तिक ८ गते देखि हुने भएको छ । अमरपथ टोल व्यवसायी समितिको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानाकारी दिएको छ ।

समितिका अध्यक्ष गकुल विश्वकर्माले कार्तिक ८ गते देखि १० गते सम्म महोत्सव गर्न लागिएको बताए । ३ दिन सम्म चल्ने महोत्सवमा लियो क्लव अफ तिलोत्तमा सहकार्य गर्नेछ । महोत्सवमा विभिन्न फुड स्टलहरु, विभिन्न जातजातिका खानाका परिकारहरुका स्टल रहने अध्यक्ष विश्वकर्माले जानाकारी दिए । वि.पी चोक देखि काठे पुल सम्मको बजारलाई सजावट गरिने आयोजकले बताएको छ ।

महोत्सवमा दिपक बज्रचार्य, देविका बन्दना सहित राष्ट्रिय एवं स्थानिय कलाकारहरुले ३ दिन सम्म प्रस्तुती दिनेछन् । महोत्सवको कार्तिक ८ गते दिउसो ४ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रममा रहेको छ ।

करिव १६ लाख बराबरको खर्च अनुमान गरिएको महोत्सवमा निशुल्क प्रबेशको व्यवस्था मिलाइएको लियो क्लव अफ तिलोत्तमा का अध्यक्ष राजन कसजुले जानाकारी दिए । महोत्स्व अवधि भर अपरपथमा सपिङ गर्ने ग्राहकलाई ५ देखि ३५ प्रतिशत सम्म छुटको समेत व्यवस्था गरिएको आयोजकको भनाई छ ।

suvakamana