काठमाडौं– आसन्न दक्षिण एशियाली खेलकुद ९साग० र बंगलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

थाइल्याण्डमा रहेको महिला टोलीले थाइल्याण्डको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि खेलका दुबै खेलमा जित निकालेको नेपाली महिला टिमले आज थाइल्याण्डको युथ टिमसँग साँझ चार बजे खेल्दैछ ।

नेपालले यसअघि युनिभर्सिटी टिमसँग र बैकक युनिभर्सिटी टिम विरुद्ध जित निकालेको थियो । थाइल्याण्डको क्लव स्तरमा टप टेनमा पर्ने टिमलाई नेपाली महिला टिमले पहिलो खेलमा २५–१५, २२–२५, २५–१६ र २५–१९ को सेटमा हरायो ।

यस्तै बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको हो । नेपालले युनिभर्सिटी टिमलाई २५(२१, २४(२६, २५(१६ र २५(१९ को सेटमा पराजित गरेको थियो ।

थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । जुन बंगलादेशमा हुनेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु मैदानमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

suvakamana