मकवानपुर– प्रहरीले १ सय ९१ तोला चाँदीका गरगहनासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याइएको १९१ तोला चाँदीको गरगहनासहित भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले हेटौँडा–२ देवीपथमा जाँचका क्रममा मोटरसाइकलको सिट र ट्याङ्कीमा लुकाइराखेको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको छ । चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । उनले ना १४ प २८३६ नम्बरको को मोटरसाइकलमा उक्त परिमाणको चाँदीका गरगहना लुकाएर ल्याएका थिए ।

suvakamana