दक्षिण अमेरिकी देश चिलेको राजधानी सान्टिआगो अहिले अति शान्त छ । मेट्रो रेलको टिकटको मूल्य बढाएको विरोधमा जारी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनको क्रममा सान्टिआगोको एक कपडा उद्येगामा आगलागी हुँदा पाँचजनाको ज्यान गएको छ । प्रदर्शनको मौका छोपेर लुटेरा कपडा उद्योगमा आगो लगाएको जनाइएको छ ।

सैनिक र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रु ग्यास तथा पानीको फोहोराको प्रयोग गरेका छन् । सान्टिआगोसहित प्रमुख शहरहरुमा रातिको समयमा कर्फ्यू लागु भएको छ ।

मेट्रो रेलको टिकटको मूल्य वृद्धि भएसँगै विशेषगरी माध्यामिक तथा विश्वविद्यालय तहका विद्यार्थीहरुले विरोध प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनको दबाबमा हाल बढाइएको टिकट मूल्य तत्कालका लागि स्थागित गरिएको छ ।

सान्टिआगोमा दैनिक जीविकाको मूल्य बढेको भन्दै आक्रोस बढिरहेका बेला मेट्रो रेलको टिकटको मूल्य बढेपछि उग्र प्रदर्शन भएको हो । रााष्ट्रपति सेबास्टियन पिनेराले सरकारको कदमको बचाउ गरेका छन् ।

राष्ट्रपति पिनेराले शुक्रबार देशका पाँच क्षेत्रमा राष्ट्रिय आपतकालको घोषणा गरेका छन् । त्यसका बाबजुद प्रदर्शन जारी छ । सन् १९९० मा चिलेमा प्रजातन्त्र पुनस्थापित भएपछि यति ठूलो प्रदर्शन भएको र त्यसलाई नियन्त्रणमा लिनका लागि आपतलको घोषणा गरेको यो पहिलो पटक हो । सुरक्षाकर्मीले हालसम्म १४ सय भन्दा बढीलाई पक्राउ गरेका छन् ।

suvakamana