काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् । आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख रुपैयाँमा ओभल इ नसिभल्सले सन्दीपलाई अनुबन्ध गरेको छ ।

इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डले आयोजनामा हुने प्रतियोगिता अर्को बर्षको जुलाईमा गरिनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेने छ । यसअघि अघिल्लो बुधबार नै युएईमा हुने टि–१० को लिगमा डाफ्ट्रमार्फत कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै सन्दीपलाई ४५ हजार अमेरिकन डलरका साथ अनुवन्धित गरेको थियो ।

suvakamana